संरक्षणको अभियानमा निरन्तर जुट्ने कमै भेटिन्छन् । पेशाको रुपमा काम गरिरहेका बाहेक यो अभियानमा जुट्ने र खट्नेहरु भेट्टाउन मुस्किलै पर्छ । यस्तै मुस्किलै भेट्टिने मध्येका एक हुन्–राजेश श्रेष्ठ । पाल्पा जिल्लाको दोभान गाविसका राजेश दुई दशकदेखि निरन्तर संरक्षणको अभियानमा छन् ।
September 2015
काठमाडौं: सरकारले नेपालको वन विदेशीलाई सुम्पने तयारी गरेको छ। वन व्यवस्थापनका नाममा सरकारले ठूला विदेशी कम्पनीलाई नेपालका उत्पादनशील वनक्षेत्र दिन सक्ने गरी वन ऐन संशोधन गरेको छ। वन तथा भूसंरक्षण मन्त्रालयले सरोकारवालासँग छलफल नै नगरी तयार पारेको संशोधन प्रस्ताव विधेयकका रूपमा संसद्मा छ। अन्नपूर्ण पोष्टमा खबर छ ।
काठमाण्डौ भदौ १३ – सामुदायिक सम्पत्तिको अधिकार संविधानमा सुनिश्चित गर्न सक्दो पहल गर्ने सभासदहरुले प्रतिबद्धता जनाएकाछन् छन् । नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री गोकर्ण बिष्टले अहिले राजनीतिक बिषयहरुले प्राथमिकता पाएकाले सामुदायिक अधिकारको विषय विषय ओझेलमा परेको उल्लेख गर्दै संविधान बनेपछि पनि यस्ता विषयलाई संवोधन गर्न सकिने बताए ।
काठमाण्डौ भदौ २१ – सोमबार देखि दक्षिण अफ्रिकाको डर्वानमा २१ औँ विश्व वन सम्मेलन शुरु भएको छ । हरेक ६ वर्षमा हुने यो सम्मेलन सन् १९२६ मा पहिलोपटक इटलीको रोममा भएको थियो भने यसअघि २००९मा अर्जेन्टिनामा भएको थियो ।