सुन्दरी सामुदायिक वनलाई फर्किएर नियाल्दा

ठाकुर प्रसाद पाण्डे

नेपालको मध्यभागमा अवस्थित नवलपरासी बर्दघाट सुस्ता पूर्व हाल नवलपुर जिल्ला नेपालकै अन्य जिल्लाको तुलनामा नामाकरणको हिसाबले कान्छो जिल्ला नामले पुकारिन्छ । यस क्षेत्रको आवादी तथा बसोबासको हिसाबले वि.स. २०२२ पूर्व केही थारु समुदायको बस्ती भएको थियो । तर बाक्लो बस्ती व्यापक खेतीपातीको सुरुवात २०२२ सालमा पुर्नबास कम्पनीबाट बस्ती तथा खेतीको योजना सहित जमिन वितरण गरेपछि बसोबासले व्यापकता पाएको थियो । जसमा बर्माबाट आएका समुदायबाट खेतीपाती, बसोबासको लागि बस्न तथा खेतीयोग्य जमीन बनाउने काम पनि सुरु भयो ।

त्यसपछि क्रमशः नेपालकै अन्य जिल्ला लमजुङ, तनहुँ, बाग्लुङ, स्याङजा, कास्की, पर्वत लगायतका जिल्लाबाट बसाईसराईँ गर्ने क्रम बढ्न थालेसँगै घाँस, दाउरा, स्याउला, काठ लगायतका वन पैदावारको उपायोग तथा खपत व्यापक बढदै जानुले वन क्षयीकरण बढ्दै गयो । परापूर्वकालदेखि खोरिया फँडानी गर्ने समुदायले पनि घुम्ती खोरीया फँडानीबाट धान, मकै, जुनेलो, अदुवा, बेसार, पिँडालु लगाउने र सोबाट वस्तु विनियम गरी धान, गहुँ लगेर जीवन निर्वाह गर्ने अवस्थाले पनि प्रचुरता पाउँदै गयो । पहाडी भागबाट खोरीया, खुल्ला चरिचरण र तलतिर घर निर्माण, विकास निर्माणको लागि काठ चोरी निकाशीको कारण वन क्षयीकरण मात्र होइन बिस्तारै विनाशको चपेटामा पर्न थाल्यो । फागुन, चैत, वैशाखमा जंगलमा लगाएको डँढेलोले गाउँ नै उज्यालो हुने गरेको पाइन्थ्यो । ५० रुपैंयाँमा सालजातको गोलाई घरमा नै प्राप्त गर्न सकिने थियो ।

यी त भए वन विनाशका केही नमुना । यस्ता अतिक्रमणबाट वन सम्पदा पूर्ण रुपमा नष्ट हुन पुगेको थियो । फलस्वरुप २०५२ साल र ०४८ सालको झरहीखोलाको बाढीबाट साविक अमरापुरी गा.वि.स. ले धनजनदेखि सामाजिक सम्पत्तिको ठुलो क्षति समेत व्यहोर्नु पर्याे । प्राकृितमा आएको परिवर्तनबाट अतिवृष्टी, अनावृष्टि र खण्डवृष्टिबाट यो क्षेत्र पनि नराम्रोसँग प्रभावित हुन पुग्यो । फलस्वरुपः अभावले समुदाय जहिले पनि तनाव ।

वर्षायाममा धानखेती लगाउन समेत पानीको अभावमा समुदायमा आपसी मनमुटाव, झगडा र तनावको आन्तरिक कलह मौलाउँदै गयो । यस्तो विषम परिस्थिति जोखिम जीवनशैलीको कारणबाट यहाँ बसोबास गर्ने समुदायले प्राकृतिक विपत्तिलाई टार्न संसारीमाईको पुजा गर्ने र ईश्वर दैव प्रतिको भरोसामा समाहित हुने बाहेक विकल्प थिएन । घरमा आउने पाहुनालाई सङ्लो पानी समेत दिन सक्ने क्षमता समुदायमा थिएन । पानीको लागि नारायणी नदीमा नै पुग्नुपर्नेभएकाले पानीजन्य रोगबाट प्रताडित बन्नुपर्ने, सिँचाईको अभावमा खाद्य उत्पादन गरिएको धानले ४/५ जनाको परिवारलाई ३ महिना समेत खान नपुग्ने कारण बालबच्चा, हुर्कदो उमेर र वृद्धलाई समेत कुपोषणबाट प्रभावित भएको अवस्था थियो ।

यही परिप्रेक्षमा नेपालमा वन ऐन २०४९ र नियमावली २०५१ तथा वन विकास गुरुयोजना २०४५ को प्रभावले रजह धुसेरी सामुदायिक वन विधानको दर्तामा पुग्यो । जसलाई छिमेकी सामुदायिक वन संरक्षणमा अग्रसरता गराउने सामुदायिक वन दर्ता हस्तान्तरणमा सहजीकरण गर्ने गरी काम सुरु भयो । साविक अमरापुरी गा.वि.स. वडा नं. ३ र २ को वनक्षेत्रको नजिक पर्ने (पायक पर्ने उपभेक्ता) ले आफ्नो आन्तरिक आपूर्तिको लागि भुँईघाँस, डालेघाँस लगाउने र पुनःउत्पादनलाई संरक्षण गर्दै आएको अवस्थालाई परिस्कृत गर्ने सोचका साथ अग्निधर कंडेलको नेतृत्वमा वन संरक्षण समिति बन्यो ।

यसरी समग्र वडा नं. ३ को नेतृत्वमा सामुदायिक वन बनिरहँदा अन्य वडाका उपभोक्ता वनपैदावारको उपभोगबाट बञ्चित हुन सक्ने विषयलाई मध्यनजर गर्दै तत्कालीन गाविस अध्यक्ष टेकनारायण श्रेष्ठबाट ९ वटा वडामा १÷१ जना वन संरक्षण समितिमा माग गर्ने निर्णय गरेपछि ९ वटा वडाबाट ११ जना गरी तटस्थ समिति गठन भयो । जसको अध्यक्षमा अग्निधर कंडेलसमितिले पूर्णता पाएको थियोे । सो समयमा प्रति उपभोक्ता वा प्रति घरधुरी रु. १००।– का दरले सदस्यता उठाउने निर्णय अनुरुप प्रत्येक वडा प्रतिनिधिबाट सो जिम्मेवारी पुरा भएको थियो । २०५२ सालमा विधान दर्ता गरी कार्यसमितिले वैधानिकता प्राप्त गरेसँगै वन संरक्षणको लागि आधार बनेको थियो ।

वनबाट ढलेका रुख निकाल्ने, स्याउला, सोतर, भुईघाँस वितरण, वृक्षारोपण, डढेलो नियन्त्रण, भू–क्षय रोकथाम तथा नियन्त्रण गर्ने काममा समूहले अग्रसरता देखाउँदै गर्दा उपभोक्तालाई दाउरा वितरण समेत गर्न नसक्दा समिति प्रति नै उपभोक्ताको चर्को आक्रोश खेप्नु परेको थियो । जंगल ढलापडा छैन, सुख्खड खडा, वार्षिक वृद्धिदर रोकिएका निकाल्नलाई वन कार्ययोजना हस्तान्तरण नहुँदा उपभोक्ताको आक्रोशको सामना गर्न वन पैदावार आपूर्ति समितिमार्फत दाउरा खरिद गर्न वेनिमणिपुर सर्दिबाट दाउरा ढुवानी गरी समूह मार्फत वितरणको व्यवस्था मिलाउने काम सुरु भयो । २०५४ सालमा विधिवत रुपमा ३८४.७५ हेक्टर क्षेत्र सामुदायिक वनको रुपमा यस समूहले अधिकार प्राप्त गरेको थियो । जसको लागि तत्कालीन जिल्ला वन अधिकृत राजदेव प्रसाद यादव, कावासोती ईलाका वन कार्यालयबाट राजेन्द्र पौडेलको भूमिकालाई यो समूहले उक्त नामलाई स्वर्णिम अक्षरले लिपिवद्ध गरेको छ । समुदायलाई सहमति, सहकार्य र एकताको लागि पवित्रभाव योगदान दिँदै यो अवस्थामा पुर्याउने युगान्तकारी अभियानको रुपमा जनधनले स्मरण गर्नुपर्ने व्यक्तित्व स्व.कृष्ण बहादुर शाहि स्व. डिलाराम सापकोटा प्रति जति प्रसंसा गरे पनि अभाव नै हुन्छ ।

सामुदायिक विकासमा सुन्दरी वन दर्ता हस्तान्तरण भइसकेपछि सामुदायिक वनको वनक्षेत्रमा भएका ढलापडा, सुख्खड खडा संकलन गरी अति आवश्यक हुने उपभोक्तालाई न्यून मुल्यमा वितरणको व्यवस्था मिलाउने काम समुहको सदस्यता शुल्क, दण्डजरिवाना, दाउरा, काठ र वन प्रवेश शुल्क, अध्ययन अवलोकन, चन्दा सहयोग, अनुदान आदिको आम्दानी स्रोत संकलन गरी अमरापुरी गाविसका केहि ठुला प्रमुख आयोजनालाई सहकार्य गरी सम्पन्न गर्न निकै महत्वपूर्ण भूमिका समूहले निभाएको थियो ।

क) अमरापुरी कृषक सिँचाई उपभोक्ता समितिलाई सहयोग

तत्कालीन समयमा साविक अमरापुरी गाविस अन्तर्गत ६,७,८ र ९ अत्यन्त सुख्खाग्रस्त क्षेत्र जहाँ सिँचाईका लागि कुनै स्रोत नभएको क्षेत्र झराई खोला पानीको स्रोत बढि क्षति हुने र बाँकी स्रोत अमरापुरीकै वडा नं ५,४, ३ र केही मात्र २, १ मा पुग्ने हुँदा ६, ७,८ र ९ का वडामा सिँचाई अभाव सधंै पीडित भएर निर्वाहमुखि खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने अवस्थाको सिर्जना भयो । त्यो अवस्थाबाट कृषकलाई पार दिनका लागि बुटवल भूमिगत सिँचाई आयोजना नलकपसँग परामर्श गरेपछि तत्कालीन गाउँ विकास अध्यक्ष ज्ञानबहादुर पोखरेलको नेतृत्वमा प्रस्तावपत्र बुझाउने काम भएपछि ४ वटा वडाको जमिनको क्षेत्रफलको आधारमा दुई लाख ७० हजार रुपैंयाँ धरौटी रकम बुझाउनुपर्ने भयो । कृषकले बोरिङबाट पानी आउँदैन प्रति कठ्ठाको १०० रुपैंयाँ उठाउने निर्णयलाई कार्यान्वयन समेत गर्न नमान्ने अवस्था भयो । रकम उठाउन पनि समय धेरै लाग्ने भएपछि सामुदायिक वनले धरौटी स्वरुपको रकम नलकपको खातामा जम्मा गर्न अमरापुरी भूमिगत कृषक सिँचाई उपभोक्ता समिति तत्कालीन अध्यक्ष प्रेम प्रसाद सुवेदीको अध्यक्षतामा समिति गठन गरी रकम हस्तान्तरण गर्ने कार्य भयो । आजसम्म उक्त ४ वटा वडामा बोरिङकै सिँचाईबाट हिँउदे र बर्षे पानीको भरमा खेती गरिएको छ ।

ख) अमरापुरी खानेपानीमा सहयोग

यसक्षेत्रको खानेपानी सुरक्षित र परैजाओस स्वच्छ समेतको अभावमा पानी जन्य रोग समुदाय ग्रसित भएको अवस्थामा फिलेण्ड सरकार र नेपाल सरकारको संयुक्त सहलगानी मार्पmत पानी मात्र बढाउने, शुद्धिकरण गर्ने, वितरणलाई सर्वसुलभ बनाउने लगायतका कार्य सम्पन्न गर्नको लागि तत्कालीन अवस्थामा रु १ लाख अनुदान रकम लगानी गरेको थियो । उक्त कार्यक्रमको सकारात्मक प्रभावले पानीको प्रचुरता शुद्धिकरण, वितरण प्रणालीमा सुलभता र सवै उपभोक्ताको पहुँचमा समानता बढ्दै गएको छ ।
ग)शैक्षिक क्षेत्रमा सहकार्य

शैक्षिक क्षेत्रको भौतिक विकासको पूर्वाधार, गुणस्तरमा सुधार सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुको सकारात्मक सहयोग, विद्यार्थी संस्था वृद्धि लगायतका चुनौतीमा विद्यालय सञ्चालन गर्न कुनै सामान्य जिम्मेवारी थिएन । यहि चुनौती र समस्याको बिचमा लक्ष्मी मा.वि. रु. ११,१६,६१६।–, अमरज्योति मा.वि. रु.७,४६,१११।–, पंचज्योति आधारभुत विद्यालय रु. १३,३०,९००।–, विजयज्योति आधारभुत विद्यालय रु. ११,४०,३००।–, दिपज्योति आधारभुत विद्यालय रु.४,४५,०००।–, बाल उदय आधारभुत विद्यालय रु. ४,२५,०००।–, धर्मभक्त प्रा.वि. रु.४५,०००।– र जनमुखी आदर्श कलेज रु.८,०१,०००।– यसरी शिक्षा क्षेत्रमा गरिएको विकासले विद्यालय पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुमा सामुदायिक वनको अवधारणा, प्रक्रिया, विधि, कानुनी आधार निर्णय प्रक्रिया लगायतका विषयले प्रवेश पाउन मद्धत पुग्ला भन्ने उद्देश्यबाट पनि यो सहकार्य प्रेरित देखिन्छ ।

घ) गरिबी न्युनिकरण

सामुदायिक वनको महत्वपूर्ण जिम्मेवारी हो सामुदायिक वन क्षेत्रका वनमा आश्रित विपन्न वर्ग जुन ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्न बाध्य छन, स्याउला, सोतर, दाउरा, गोल लगायतका जडिबुटी सहितको वनपैदावारबाट आदिमदेखि त्यसैबाट निर्भर हुने वर्ग समुदायलाई आम्दानीको ५० प्रतिशत वन उद्यम, महिला सशक्तिकरण, गरिबी न्यूनिकरणका कार्यमा सम्पन्नता स्तरीकरण गरी हुन आउने अति विपन्नलाई जिविकोपार्जन सुधार योजना बनाउन लगाउने र उक्त सम्पन्न योजनालाई वार्षिक साधारण सभाको नीति तथा कार्यक्रमबाट सम्बोधन गरी बजेट विनियोजन गरी प्रभावकारी कार्यन्वयन र अनुगमनलाई चुस्तदुरुस्त बनाउने जिम्मेवारी उपभोक्ता समूहको हो । यो सम्पन्नता स्तरीकरण प्रत्येक ३÷३ वर्षमा पुनः समीक्षा, छनोट र योजना बनाउन पर्दछ । यी सबै विषयमा वन मार्गदर्शन वि.सं.२०७१ मा निर्देशित छ, जरुरी छ ।

ङ) सुन्दरी सामुदायिक वनको उपभोक्ता घरधुरीहरुको सम्पन्नता स्तरीकरण

यस सुन्दरी सामुदायिक वनको गठन वास्तविक उपभोक्ता पहिचान, घरदैलो भेटघाट, समान चाहना छलफल, सामाजिक तथा प्राकृतिक स्रोत नक्सा निर्माण, टोल भेला लगायतका सामुदायिक वन गठनका चरणहरु प्रक्रियागत रुपमा सम्पन्न नभईकन समुदायमा नेतृत्व गर्ने व्यक्तित्वबाट राजनितिक दल, संघसंस्था, गाविसका प्रतिनिधिबाट सहयोगका कारण उपभोक्ता समूह गठन भएको ऐतिहासिक पृष्ठभुमी हो । यसले सिँचाई, विद्यालय, बाटो ग्राभेल, मर्मत, चन्दा सहयोगको कारणबाट सामुदायिक वन तिर वृद्धिजिवि, समाजसेवी, राजनितिक नेतृत्व विभिन्न उपभोक्ता समितिको सकारात्मक सहयोग र आर्थिक लगानीमा व्यापक माग देखिन थालेको छ । यहि विषयलाई हामी उपभोक्ताले गर्व गर्ने विषय बन्दैजाँदा उपभोक्तालाई थप ज्ञान हाँसिल गर्न पूर्व धरान जिल्लामा भ्रमणको वातावरण मिलाएर गएको अवस्थामा हामीले गरेका समुदायमा पु¥याएको योगदानलाई प्रस्तुती ग¥यौ ।

त्यसपछि तत्कालिन धरानका जिल्ला वन अधिकृतबाट केहि जिज्ञासा राख्ने क्रममा सिँचाईमा लगानी गरिरहँदा भूमिहीन किसानलाई सिँचाईबाट भएको अवसर रु विद्यालयमा लगानी गर्दा विद्यालय प्रवेश नै गर्न नसक्नेलाई भवनबाट फाइदा बापतको रकम कति भन्ने प्रश्नबाट र मार्गदर्शन अनुसार समुह चल्न सञ्चालन नभएको विषयले हामीलाई पुनःविचार गर्न तिर डो¥यायो । त्यसपछि समूहले भ्रमण सम्पन्न गरेपछि भ्रमण समीक्षा र उपसमितिको प्रतिवेदनको आधारमा सम्पन्नता स्तरीकरण गर्ने काम सञ्चालन भयो । अति विपन्न उपभोक्तामा १२६ जनाको नाम तयारी भएपछि उनीहरुको सामुदायिक वन उपभोक्ता समूहको सदस्यता समेत नभएकोले प्रथमत सदस्यता बनाउने निर्णय गर्ने आगामी साधारण सभामा अनुमोदन गर्ने काम गर्ने गरी निर्णय भयो । उक्त विपन्न वर्गको जिविकोपार्जन सुधार योजना बनाउने काम गरियो । जसमा जसको सवाल उसैको नेतृत्वको आधारमा गरिबी न्युनीकरणको लागि योजना माग गर्दा केहि उपभोक्ता बासको व्यवस्था गर्न सके दिनभरी ज्याला मजदुरी गरी ल्याएको अन्न पनि सुरक्षित हुने र परिवारलाई घामपानीबाट बचाउन सकिने थियो भन्ने योजनाको लागि विपन्न घर निर्माण कार्यक्रम सुरु गरियो ।

वनक्षेत्र अतिक्रमण गरेर बसेकालाई सोही जग्गामा जडिबुटी खेती, कुरिलो, सर्पगन्धा, गुर्जो लगायतका रोपण गर्ने र त्यसको व्यवसायिक तथा बजार मुल्य लगायतका विषयमा समूहले व्यवस्थापन गर्ने गरी विपन्न वर्ग जडिबुटी कार्यक्रम सुरु गरिएको थियो । विपन्न घर निर्माणमा सुमित्रा वि.क., चाहना मगर, गंगापति वि.क. लगायतका उपभोक्ताको प्रथम चरणको निर्माण थियो । जुन दुई कोठा भएको खाट सहित ईट्टा वा ब्लकको गारो टिनले छाएको घर निर्माण गर्ने गरिएको थियो । उक्त घरहरु निर्माण गर्दा वन क्षेत्रमा कङ्क्रिट गरिएको सिमेन्ट घर निर्माण गर्न नपाइने तत्कालीन जिल्ला वन कार्यालयले स्पष्टिकरण माग गर्ने अवस्था समेत थियो । पछि वनक्षेत्र भन्दा बाहिरका विपन्न उपभोक्ताको घर निर्माण गर्न निजको एकाघरका परिवार आफन्तहरुले समेत घर निर्माणको लागि जग्गा उपलब्ध गराउन थालेको अवस्था छ । जुन कारणले भूमीहिनको संख्यामा समेत न्युनीकरणको प्रभाव बढ्दै गएको छ ।

च) पिएफआर/आईएनएफ पोखरा कृष्ठरोगीको पुनःस्थापना कार्यक्रम

यस उपभोक्ता समूह भित्रका उपभोक्ताहरु कुष्ठरोगको कारण पोखरा हरियोखर्कमा गएर उपचार गर्ने गरेको पाइयो । जुन पिएफआर/आईएनएफ फिल्ड अफिसर कृष्ण ढकालले गंगापति वि.क. लाई उपचारपछि पुनस्थापनाको लागि रु.१५,०००।– पन्ध्र हजार रुपैँया लिएर निजको घर बनाउनुपर्ने र जिविकोपार्जनमा समेत सहयोग पु¥याउनको लागि सो रकम अमरापुरी गाविसलाई हस्तान्तरण गर्ने र सो कामको जिम्मेवारी गाविसले पुरागर्ने कुरा तत्कालीन गाविस अध्यक्ष ज्ञान प्रसाद पोखरेलसँग छलफल भएपछि अध्यक्षले यो काम त सामुदायिक वनले गर्न सक्छ कि?भन्ने आशयका साथ सामुदायिक वनसँग त्रिपक्षिय छलफलपछि सामुदायिक वनले आफ्ना विपन्न रोगी उपभोक्ताको पुनःस्थापना गराउने संस्थाको जिम्मेवारीको रुपमा ग्रहण गर्दै निजलाई घर बनाउन, बाख्रापालन र उपचारको लागि पोखरा हरियोखर्क थप उपचार र परामर्शको लागि यातायात तथा बाटोको खाना खर्च समेत व्यवस्था गर्ने कार्य सुरु गरियो ।

छ) अपाङ्गपुनःस्थापना कार्यक्रम

आईएनआई÷पीएफआर परिवारको सहयोगमा सामुदायिक वन भित्र रहेका अपाङ्गहरु पनि प्राकृतिक स्रोतमा समान अधिकारको हैसियतले उनीहरुको तथ्याङ्ग निकाल्ने परिचयपत्र बनाउन सहयोग गर्ने गम्भिर प्रकृतीका बिरामीलाई शल्यक्रियाको लागि पोखरा, भरतपुर पठाउने, कृतिम अङ्ग खुट्टा, हातहरु राख्ने दृष्टी बिहीनको लागि ललिपी सञ्चालन गर्ने, सहयोगी समाग्री वितरण गर्ने, पिआरटी फिजियो थेरापी कर्मचारी मार्पmत सञ्चालन गर्ने, विपन्न अपाङ्गका लागि घुम्तिकोषबाट आयआर्जन तथा बचत कार्यक्रमलाई प्रोत्साहित गर्ने काम सञ्चालन भयो ।

ज) जडिबुटी तथा टपरी उद्योग

यस समूहले विपन्न उपभोक्ताको स्वरोजगार र जिविकोपार्जनको लागि सालको पात टिपेर लाफा बनाई टपरी तयार गरी काठमाण्डौँ नारायणघाट र स्थानीय पर्व मेला विवाह, ब्रतबन्धमा सुलभ तरिकाले विक्रि गरी थप आम्दानी गरी उपभोक्तालाई आत्मनिर्भरतीर उन्मुख गराउन प्रयत्नशील छ । त्यसैगरी फरेष्टयाक्सनबाट हर्रो र कुरिलोको उत्पादन वृद्धि र गुणस्तर सुधारमा उक्त प्रजातीको संकलन गर्दा कुन विधिबाट काट्दा वा नकाट्दा कसरी बढि उत्पादन हुन्छ । त्यसैगरी कुरिलोको संकलन गर्ने समयमा कति भाग निकाल्दा वा बोटमा नै छोड्दा उत्पादन बढ्छ भनेर अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानको क्रममा संकलन भएका हर्रोलाई ओखलमा राखी धुलो पार्ने र त्यसैमा बर्रो पनि मिसाउने र उपभोक्तामा सेवनको लागि प्रयोग गर्दा आएको सकारात्मक परिवर्तनबाट त्रिफलाको अवधारणा सुरु गरियो । जिविकोपार्जनको लागि वन कार्यक्रमको सहयोगमा त्रिफलाको मेसिन र टपरी उद्योगको मेसिन सहयोग स्वरुप उपलब्ध भएपछि उत्पादनले व्यापकता पाउँदै गएको छ । तर पनि यसका केहि चुनौती भने जिवितै छन् । १० दर्ता प्रमाणपत्र नहुनु २० गुणस्तरको तह नपाउनु, ३० ब्राण्डिड्ड लेबलिड्ड ४० दक्ष जनशक्ति र निरन्तरताको अभाव, ५० त्रिफलाको कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्नु, ६० प्रचारप्रसारको अभाव, ७० उपभोक्ताहरुमा यो उत्पादनको विश्वसनीयताको कमी, ८० कच्चा पदार्थको पर्याप्तताको अभाव र ९० उत्पादन गर्ने सुरक्षित व्यवस्थित प्रदुषणमुक्त भवन तथा औजारको अभाव यसरी उपभोक्ताहरु स्याउला, सोतर, घाँस लिन जङलमा जाँदा हर्रो, बर्रो लिएर आउने उपभोक्ताको समूहले संकलन गर्ने व्यवस्था समेत मिलाएको छ ।

झ)उपभोक्ताको क्षमता विकास तथा सशक्तिकरण

समुह सदस्यहरुको सामुदायिक वन प्रति बुझाई साझा बनाउने, निर्णय प्रक्रिया, सामुदायिक वन गठन, ऐन नियम, नियमावली, निर्देशिका, गुरुयोजना, वन व्यवस्थापन वन पैदावार वितरणमा न्यायोचित, सामाजिक न्याय लगायतका विषयमा तालीम सञ्चालन गर्ने फरेष्टयाक्सनबाट कमल भण्डारी, फेकोफनबाट भोला खतिवडा, चुपबहादुर थापामार्पmत प्रत्येक वर्ष जम्मा उपभोक्ताको १० प्रतिशतलाई तालीम दिने योजना बनाउने योजनालाई प्रभावकारी तरिकाबाट कार्यान्वयन गर्ने, अनुगमन गर्ने प्रणालीले तालीमले उपभोक्तालाई जिवन्त बनाइ राखेको थियो । यसैको प्रभावबाट उच्च पदस्थ व्यक्तिलाई मात्र नभई सर्वसाधारण व्यक्ति जुन विकासको मुलप्रभावहबाट पछाडी पारिएको वर्गको प्रतिनिधित्व गर्ने गरी दलित, विधवा, विपन्न उपभोक्ता सुमित्रा वि.क.लाई समेत प्रमुख अतिथि बनाई उनको अवस्थालाई सबै सरोकारवालाले विश्लेषण गरेपछि उनको अवस्थामा क्रमिक सुधार भएको थियो ।

ञ) राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डमा सुन्दरी सा.व.

वनको दिगो व्यवस्थापन, गरिबी न्यूनिकरण, उपभोक्ताको सशक्तिकरण सरोकारवालाबीचको सहकार्य सामाजिक एकता, सुशासन, पारर्दशिता, जवाफदेहिता र दुरर्दशिताको प्रभावले गणेशमान सिंह वन संरक्षण पुरस्कार प्रथम र यसरी विश्व वन्यजन्तु संरक्षणले डब्लुडब्लुएफबाट प्रदान गरिने अब्राह्म कन्जरभेसन अवार्ड प्रथमबाट समेत विभुषित भएकोले सामुदायिक वनको क्षेत्रमा यस समूहले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा आफुलाई कोशेढुङ्गा सावित गर्न सकेको छ । जसको लागि तत्कालिन जिल्ला वन अधिकृत धनन्जय पौडेल, महानिर्देशक गौरीशंकर तिमिला लगायत वन मन्त्रालय, डब्लुडब्लुएफ परिवार र सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल परिवार सबैमा समूह उच्च मुल्याङ्कन गर्दै स–धन्यवाद व्यक्त गर्दछ ।

अन्त्यमा यस समूहको जिम्मेवारी बहन गर्दा वा नगर्दा पनि कार्य समिति सदस्य पदमा रहेर पवित्र भावले उच्च मनोबलका साथ सहयोग पु¥याउनु हुनेहरु स्वर्गीय विष्णु प्रसाद सापकोटा वडा नं १६, शशिधर सापकोटा वडा नं. १४ र जनमाया गुरुङ वडा नं.१५ प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै वन संरक्षणका क्रममा घाइतेहरु प्रति सहानुभुति र उपभोक्ताहरु जो स्वर्गवास हुनु भएको छ । उहाँहरुको उच्च सम्मान गर्दै देखाएको बाटो प्रतिवद्धता गरिएका विचारलाई आगामी पुस्ताले आत्मसाथ गर्दै सामुदायिक वनको प्रतिष्ठालाई अझ उचाईमा पु¥याउन सहयोग गर्नु हुनेछ ।

(लेखक : सुन्दरी सामुदायिक वनका उपभोक्ता तथा पूर्व अध्यक्ष हुनुहुन्छ ।)

No Comments, Be The First!

Your email address will not be published.