समुदायले स्वतन्त्र रुपमा वन पैदावार उपयोग गर्न नपाए आन्दोलनमा जान्छौँ : सचिव भण्डारी

कपिलवस्त, असोज २७ । समुदायले स्वतन्त्र रुपमा सामुदायिक वनको वन पैदावार उपभोग गर्न नपाए सामुदायिक वन उपभोक्ता महासङ्घ आन्दोलनमा जाने महासंघका सचिव ठाकुर भण्डारीले बताउनुभयो ।

जिल्ला महासंघ कपिलवस्तुले आयोजना गरेको सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुबीच भएको अन्तक्र्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकारले सामुदायिक वनका उपभोक्ताहरुको स्वायत्त अधिकार हनन गरेको आरोप लगाउनुभयो । उहाँ भन्नुहुन्छ, “सामुदायिक उपभोक्ता समुहको अधिकार कसैले पनि खोस्न सक्दैन ।”

सामुदायिक वनका वन पैदावारको विक्रीवितरण सरकारले नै गरेका कारण उपभोक्ता समूहमा कार्यरत कर्मचारीलाई तलब दिन कठिन भएको दुखेसो उहाँले पोख्नुभयो । जिल्ला महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भटटराईले जिल्ला महासंघले गरेका गतिविधिका बारेमा जानकारी दिनुहुँदै सामुदायिक वनका काठदाउरा उपभोग गर्न नपाउँदा उपभोक्ता आफ्नो अधिकारबाट बन्चित भएको जानकारी दिनुभयो ।

अन्तक्र्रियामा जिल्ला महासंघका उपाध्यक्ष बलराम भूषालले तराई क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण नभएका ती क्षेत्र बस्तीमा रुपान्तरीत भएको जानकारी दिनुभयो । सो विषयमा महासंघले पटक–पटक स्थानीय सरकारसँग छलफल गरे पनि हालसम्म सुनुवाइ हुन नसकेको उहाँले दुखेसो पोख्नुभो ।

प्रदेश महासंघ सदस्य अमित पौडेलले संकलन गरिसकेका काठहरु विक्रिवितरण गर्न नपाउदा एकातिर उपभोक्ताको दैनिक आवस्यकता पुरा गर्नवाट वन्चित भएको भने अर्कोतिर वनपाले समेत तलबबाट बन्चित भएको बताउनुभयो ।

No Comments, Be The First!

Your email address will not be published.