अध्यक्ष खत्रीको आइसोलेसन बसाईंको अनुभव : कोरोनाको कहरमा पैसाले काम गरेन

कोरोनाको विश्वव्यापी सङ्क्रमणका सन्देशबीच सावधानी आपनाएर आफ्ना दैनिक गतिविधिलाई निरन्तरता दिन निक्कै प्रयत्न गरिरहेको थिएँ । प्रयासहरु फिक्का सावित हुँदै लकडाउनका कारण थुप्रै दैनिक कामकाज प्रभावित भइरहेका थिए । सबै यात्राहरु प्रभावित थिए । घर बसाइका क्रममा एक्कासी भाद्र १८ गते बेलुका ज्वरो र शरीरका जोर्नी खपिनसक्नु गरी दुख्न थाल्यो । यो क्रम ४८ घण्टासम्म रहिरह्यो । १९गते रातीसम्म ज्वरो र शरिरका जोर्नी दुखाई कम भइसकेको थियो, तर पनि कोरोना सङ्क्रमण हुन सक्छ भन्ने आशंका थियो । सोही अनुरुप भदौ २१ गते स्वाब परीक्षणका लागि पठाइयो । भदौ २३ गते म सहित जल्लाका ९ जनालाई कोरोनाको सङ्क्रमण भएको रिपोर्ट आयो । सो रिपोर्टपछि म एक्कासी छाँगाबाट खसेझंै भएँ । त्यसपछि मेरो सम्पर्कमा रहेका सबैलाई सुरक्षित रहन आग्रह गरेँ । रिपोर्ट आएकै दिन जिल्लाकै सामुदायिक अस्पतालको आइसोलेसनमा गएर बसें । मेरो स्वस्थ्य अवस्था सामान्य रहेकोले कुनै पनि औषधी भने प्रयोग गर्नु परेन ।

भदौ २८ गते जिल्लामा एकैपटक १८ जना सङ्क्रमित थपिए । त्यसपछि जिल्लाका आइसोलेसनमा बेडको अभाव सुरु भयो । सोही दिन आइसोलेसनमा रहँदा संक्रमित एक महिलालाई प्रसुति व्यथाले च्याप्यो । उनको व्यवस्थापनको खातिर म २९ गते रुम्जाटार अस्पतालको आइसुलेसनमा जाने निधो गरेँ ।

खानपानको व्यवस्थापन

हामीले खानेकुराको जोहो गरेका थिएनौँ । कोरोनाको कहर फैलिएसँगै बजार पसल लगायत सबै क्षेत्र ठप्प भए । साथमा पैसा भएर पनि कुनै खानेकुरा किन्न सकिने संभावना थिएन । जसले पोसिलो खानेकुराको अभाव त हुने नै भइहाल्यो । सरकारी नीति अनुरुप दैनिक ४ पटक पोसिलो खानेकुरा खानुपर्ने व्यवस्था कार्यन्वयन गर्न सकिएन । आइसुलेसनमा दाल, भात, तरकारीले ११ दिनसम्म दैनिकी गुजार्ने प्रयास गरियो । फलस्वरुपः हामीलाई दोस्रो पटक पुनः सङ्क्रमण दोहोरियो । त्यसपछि बर्णालु र रुम्जाटारमा रहेका सबै साथीभाईसँग हार गुहार गरियो । दैनिक लोकल कुखुराको र खसीको सुप, हरियो सागसब्जी, सुप अण्डा, बजारमा पाइने रेडिमेट सुप, मह, हर्लिक्स, काजु, आल्मोन, बेसारपानी, अदुवापानी, दुध, फलफुल आदि खानेकुरा सीमानागेर खाइयो । तुलसीको पात, गुर्जाे, आयुर्वेदिक औषधी र अस्पतालले दिएका भिटामिन ट्ब्लेट नियमिति सेवन गरियो । दिनमा ३ पटक फरक÷फरक फ्लेबर भएको तातोपानीको बाफ लिने गरियो । शारिरिक व्यायम व्यवस्थित ढङ्गले नियमित गरियो, फलस्वरुप सक्रमण मुक्त हुन सफल भइयो ।

रिर्पोटको प्रतिक्षा

ओखलढुंगाको पिसिआर रिर्पोट आउन छिटोमा ३ देखि ५ पाँचदिन लाग्ने रहेछ । नजिकको ल्याव बनेपामा स्वाब पु¥याउन सहज सवरी साधनको अभाव रहेछ । सङ्क्रमितलाई पिसिआर टेष्ट भएको दिनदेखि रिर्पोटको कहर शुरु हुँदो रहेछ । मेरा लागि ४ पटकसम्म रिर्पोटको प्रतिक्षा अवधि कष्टकर नै रह्यो । शुरुमा परिवारका सबै सदस्य ४ जनालाई सङ्क्रमण देखिएपछि आफू बिछिप्त भएँँ । असोज ८ गते दोस्रो रिर्पोट पनि परिवारका सबै सदस्यको सङ्क्रमाणमुक्त नभएको खबरले झनै मलाई स्तब्ध बनायो । परिवार नै सखाप भएको आभास भयो । तर आफू पनि विचलित भइन । असोज १३ गते डक्टर र जिल्ला स्वस्थ्य प्रमुख सुमन तिवारीले बोलाएँर अत्यन्तै मर्माहित हँुदै परिवारका सदस्यहरु लगायत सबै सङ्क्रमण मुक्त भए । तेस्रो पटकको रिर्पोटमा भने मलाई मात्र कोरोना देखियो । त्यति बेला म मात्र जिल्लाभरीमा सङ्क्रमित थिएँ । तर पनि त्यसलाई सहज रुपमा लिएँ । उक्त खबर श्रीमति सुशिला लगायत परिवारका अन्य ४ जना सदस्यलाई सुनाएँ । सो खबरले सबै स्तब्ध भएपनि मलाई नआत्तिन आग्रह गरे । उनीहरुलाई घरमा जान सुझाउँदै म भने सामुदायिक अस्पतालको आइसुलेसनमा बस्ने निधो गरेँ । चौथो रिर्पोटको प्रतिक्षा मेरो लागि थप पीडादायी थियो । ३० औं दिनको बसाईपछि १९ गते १ बजे यसपटक भने म कोरोना सङ्क्रमणमुक्त भएको खबर पाएँ । त्यसपछि मैले त्यो खुसीको खबर सबैलाई सुनाएँ ।

आइसोलेसनको व्यवस्थापन

सामुदायिक अस्पतालमा दिनमा दुइ पटक स्वस्थ्यकर्मीले गर्ने स्वस्थ्य जाँच र दिन बिराएर विषेशज्ञ डाक्टरले दिएको सेवाले मनोवैज्ञानिक रुपमा कोरोना जित्न सहज बनायो । रुम्जाटारमा डक्टारहरुको लागि बन्दै गरेको क्वाटरलाई आइसोलेसन बनाएको हुदाँ सुविधा सम्पन्न रहकोे आशा थियो, तर ठेकेदारका कारण कुरुप रहेछ । कोठाहरुमा पानी जमेर आहाल बनेका रहेछन । अस्पतालका कर्मचारी र स्वस्थ्य कार्यालय प्रमुखको समन्वयमा आधारभूत समस्या सामाधान गरियो । आइसुलेसन सुधार्न टिमको अत्यन्तै राम्रो साथ पाइयो । परिवारका सबैलाई दोस्रो पटक पनि सङ्क्रमण देखिएपछि स्वस्थ्य परिक्षणको व्यवस्था मिलाउन अस्पताल प्रशासनसँग अनुनय विनय गरेँ । आइसोलेसनमा स्वस्थ्य जाँचको कुनै प्रबन्ध भएन । आफूमा भने सुरुदेखि नै कोरोना सहज मुक्त हुने विश्वसमा कमी आउन दिइनँ । विभिन्न सञ्चारमाध्यमबाट परिवारका सदस्य शुभेच्छुक शुभचिन्तकहरुलाई आफुले कोरोना छिट्टै जित्ने आत्मविश्वास प्रवाह गरिरहेँ । अन्ततः टेलिमेडिसियन सेवा नै कोरोना जित्न अस्त्र बन्न पुग्यो । आइसोलेसमा नै रहँदा अनलाइन मार्फत भएका सामुदायिक वनका बैठकहरुमा सहभागी भएँ, अनलाइनका सञ्चार सेवामार्फत सुचना आदानप्रदान गर्न सक्ने काम गरियो । ७ दिनको सामुदायिक अस्पतालको एक्लो बसाई र अस्पतालको सेवाले कोरोना जित्न सहज बनायो ।

समुदायको सद्भाव
कतिपयले कोरोनाको प्रवाह नै नगरी सहयोग गरिरहे । उनीहरु प्रति म सधैं नतमस्तक छु । कोभिड १९ सरुवा सङ्क्रमण भएकोले स्वस्थ्य माफदण्ड पालना गर्न सङ्क्रमित लगायत सबैका लागि महत्वपूर्ण छ । आफु सुरक्षित रहन खोज्नु ठिकै हो, तर माफदण्ड भन्दा माथी उठेर स्वस्थ्यकर्मी र समुदायले गर्ने अपमानले कतै आफूले ठुलो अपराध त गरेको छैन? भन्ने प्रश्न खडा भइरह्यो । त्यही भिडमा रहेका कतिपयले भने आफूलाई त्याग गरेर सहयोग गरिरहे । भनिन्छ, संकटका बेलामा सच्चा साथीको पहिचान हनहुन्छ, असल मित्रको पहिचान गर्ने अवसर पनि मिल्यो । त्यही व्यवहारका कारण भोलीका दिनमा कोरोनाको कहर मेटाउन कुनै कसुर बाँकी राख्दिन भन्ने आफुलाई दृढ संकल्पीत बनाएको छु ।

(खत्री सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा ओखलढुंगाका अध्यक्ष हुनुहुन्छ)

No Comments, Be The First!

Your email address will not be published.