महिलाको नेतृत्व विकासमा फेकोफन

ठाकुर प्रसाद पाण्डे

नवलपरासी, कात्तिक २३ । देशभरका सामुदायिक वनको संरक्षणमा महिलाहरुको समस्या उठान र समाधानको लागि सरकारी तथा गैरसरकारी निकाय र सामुदायिक वन उपभोक्ता समूहमा सहकार्यताको वृद्धि भएको छ । यसबाट थुप्रै महिलाहरुको क्षमता वृद्धिसँगै हाल अमरापुरीस्थित सुन्दरी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत हाल गैडाकोट नगरपालिका वडा नम्बर १४ निवासी कोकिसरा रानामगरको जीवनयापनमा पनि ठूलो परिवर्तन भएको छ ।

उहाँ घरपरिवार सञ्चालनदेखि समाजमा महिलाको मात्र नभई पुरुषका समस्याको समाधान गर्न पनि उत्तिकै जुझारु भएर लाग्नुभएको छ । सुन्दरी सामुदायिक वनको सदस्य हँुदै उपाध्यक्ष पदसम्म कुशल रुपमा उहाँले नेतृत्व सम्हाल्दै आउनुभएको छ । २ छोरीको विवाह पश्चात एक छोराको दुर्घटनामा मृत्यु भइसकेपछि उहाँको परिवार विक्षिप्त हुन पुग्यो । सोही दुर्घटनाको केही समयपछि सुन्दरी सामुदायिक वनको निर्वाचनको समय भयो । कोकिसरा रानामगरलाई अध्यक्षमा उठाउने भयो निर्णय भएको थियो ।

पुरुषका दाँजोमा महिला नेतृत्वमा पुगे पनि काम गर्न सक्दैनन भन्ने मानसीकताका कारण उहाँलाई निर्वाचनमा जिताइएन । जसले उहाँ थप विक्षिप्त हुन पुग्नुभयो । सामुदायिक वनमा पाउन नसकेको पद भने उहाँलाई स्थानीय तहको निर्वाचनले पुरा गरिदियो । चुनावमा उहाँले नवलपरासी नगरपालिकाको वडा नं १४ मा वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको थियो । त्यतिबेला उहाँको प्रतिद्धन्दी पुरुष नै थिए । तर उहाँको मनोबलले उहाँले हाल कुशल रुपमा वडाध्यक्षका रुपमा आफ्नो दायित्व पुरा गर्दै आउनुभएको छ ।

उहाँको कार्यशैलीका कारण उहाँ मात्र नभई वडाबासीमा समेत पूर्ण सन्तुष्टी देखिन्छ । जसको कारण उहाँलाई सामुदायिक वन र सिकाई केन्द्रबाट उत्पादन भएको सफल व्यक्तिका रुपमा लिइन्छ । जसको श्रेय आज उहँ आफ्नो परिवारलाई दिनुहुन्छ । पारिवारिक जिम्मेवारीसँगै हाल उहाँले सामाजिक जिम्मेवारी समेत पूर्ण रुपमा निर्वाह गर्दै आउनुभएको छ । हाल उहाँ नेकपाको नगरकमिटि सदस्य समेत हुनुहुन्छ ।
त्यसैगरी सामुदायिक वनका विविध सिकाइलाई उपभोक्ताहरुसँग साट्ने काममा समेत उहाँको क्रियाशीलता देखिन्छ

“महिलाबिना पुरुषको अस्तित्व समेत रहन सक्दैन” भन्ने तर्कलाई उहाँले यथार्थमा पुरा गर्नुभएको छ । विकासको मुहलप्रवाहमा महिलाको सहभागिता अनिवार्यताको लागि उनीहरुको क्षमता र सिर्जनशीलताको विकास बिना सम्भव छैन भन्ने कुरालाई समेत उहाँले पुरा गरेर देखाउनुभएको छ । जसको लागि हालको विद्यमान परर्निभताबाट आत्मर्निभरता र अन्त्यमा अन्तर निर्भरतासम्म पुर्याउनुपर्ने महत्वपूर्ण आवश्यकता महसुस गरी लैङ्गिक हिंसामा पनि विशेष गरी महिला हिंसा अवस्था बढि सोचनिय छ ।

महिला पुरुष समविकासदेखि महिला नेतृत्व क्षमता विकासका लागि सिकाई केन्द्रमार्पmत हरियो वन कार्यक्रम सञ्चालन भएर उक्त सिकाई केन्द्रलाई महिला सहकारीमा आवद्ध गराएपछि महिलाहरुको क्षमता विकासबाट जिविकोपार्जन सुधार योजना निर्माण, जलवायु परिवर्तनका नकारात्मक प्रभाव पर्ने असरलाई न्यूनीकरण गर्न खानेपानी मुहान संरक्षण, गाउँटोल सरसफाई अभियान, प्रत्येक घरमा करेसाबारी, वनमा र खेतबारीमा मिचहा प्रजाति हटाउने, सुख्खायाममा सामुदायिक वनमा अग्निरेखा निर्माण, डढेलो नियन्त्रण गोष्ठी, अन्तरक्रिया प्रत्येक घरमा शौचालय निर्माण लगायतका कार्यक्रम हाल उनीहरुबाट स्वयम निरन्तर सञ्चालनले गर्दा गाउटोलमा र छिमेकीमा समेत सकारात्मक प्रभाव परेको छ ।

संरक्षण क्षेत्रमा महिलाको निम्ति सहज वातावरणमा महिलाको घरदेखि छिमेकी हँुदै संघसंस्थासम्म उनीहरुको आवश्यकतालाई अनिवार्यता गरी सकारात्मक परिवर्तनको सकारात्मक सोचलाई विकास गर्न संवाद, छलफल गृहभेटसम्मका विषयलाई योजना बनाउने र महिला बढि संसदमा जान पुरुष बढि भान्छामा जानुपर्छ भन्ने मान्यताबाट पुरुषले पनि समविकास तालिमबाट बढि सहयोग गर्न थालेका छन । जसबाट महिलाहरुको दैनिक कार्यबोझमा समेत कमी आउन थालेको छ । महिला पुरुष समविकास तालिमबाट नै छोरी छोरी पाउने महिला माथि हुने हिंसामा समेत न्युनीकरण हुन पुगेको छ । छोरा जस्तै छोरीलाई समान व्यवहार समान शिक्षा अवसर प्रदान गर्न थालिएको छ । यसबाट के सिकाई हुन्छ भने संरक्षणका कामबाट ढिलो फर्किदा वा चाँडै जानुपर्दामा घरपरिवारले सहयोग पुर्याएर मात्र उनीहरुको आत्मबल बढ्दै जाने र आत्मसम्मानको महसुश गरेको पाइन्छ । उनीहरुमा काम गर्न पनि इच्छाशक्ति तिब्र बढेको पाइएको छ । यसले स्वनेतृत्वलाई बढवा दिन्छ र संरक्षण क्षेत्रको दिगो विकासमा मद्दत पुग्दछ । यसको लागि कुनै भावना, कल्पना र सिद्धान्त भन्दा पनि व्यावहारिक पक्ष नै बढि महत्वपूर्ण ठहरिँदो रहेछ ।

संरक्षण क्षेत्रमा पुरुषको एकल नेतृत्वले सफलता प्राप्त गर्न कठिन भएका उदाहरणबाट महिलालाई उत्साहित बनाउँदै प्राकृतिलाई बढि उपयोग गर्ने वर्ग महिला भएकाले उनीहरुलाई नै नीतिनिर्माणदेखि कार्यन्वयन गर्नेसम्म सँगै हुनुपर्दछ । तब मात्र संरक्षण सम्भव छ । सोका लागि महिलामैत्री हाम्रा नीतिनियम छन् कि छैनन् त्यसको अध्ययन गर्ने नभएको भए बनाउने संशोधन भएर पनि कार्यन्वयन नभएका भए प्रभावकारी रुपमा कार्यन्वयन गर्न सामुदायिक वन विकास मार्गदर्शन २०७१ र सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको विधानमा ५० प्रतिशत महिला अनिवार्यतादेखि अध्यक्ष र सचिव मध्य एक जना महिला अनिवार्य रहनुपर्ने नियमले महिलाको नेतृत्वमा आउन बढि सहज भएको छ । त्यसैगरी कोषाध्यक्षमा महिलाको हस्ताक्षरबाट बैंक खाता सञ्चालनमा सामुदायिक वनमा महिला भूमिका सम्मानजनक ठानिएको छ र स्वयमले अनुभुति गर्ने गरेका छन भने वन संरक्षणमा अपनत्वको भावना अभिप्रेरित हँुदै गएको छ । यसले धेरैजसो सामुदायिक वनमा सकारात्मक परिवर्तन देखा परेको छ । संरक्षण कार्यमा लागेका वर्गलाई समानुपातिक लाभको वितरण प्रयास विभिन्न सामुदायिक वन उपभोक्ता समूहका उपभोक्तालाई न्यायोचित वितरणका प्रयासबाट सुरु गरिएको छ ।
विशेषगरी विपन्न वर्गका महिलालाई आयआर्जन, सीपविकास, हरित उद्योग, सामुहिक बेसार खेती, अम्रिसो खेतीमा सहयोग पुगेकाले उनीहरुको चासो वन संरक्षणमा बढदै गएको छ । वन व्यवस्थापन, वनगस्तीका काममा सक्रिय सहभागिता भएको छ ।

No Comments, Be The First!

Your email address will not be published.