वनको दिगो व्यवस्थापन र वन डढेलोको अवस्था

– ठाकुर प्रसाद पाण्डे
वन डढेलोको कारण वन विनास वन क्षयिकरण मुख्य समस्या हो । जहाँ वन क्षयिकरण हुदै जान्छ तब वन विनासमा परिणतमा भई नाङ्गो भुभागका कारण व्यक्तिले अतिक्रमण गर्ने, सार्वजनिक संरचना बन्ने, कृषि भुमिमा परिणत हुने अवस्था सिर्जना हुन्छ । यसबाट वातावरणिय असन्तुलन, जैविक विविधतामा ह्रास हुने, पारिस्थितिक प्रणालीमा असर गर्ने खाद्ययचक्रमा असर पुग्न मानिस वनस्पति र जिवको लागि समेत हाम्रो पृथ्वीको आयु घट्दै जान्छ ।

वन पैदावरको अभाव पानीका मुहान सुक्दै जानु पनि हाम्रा लागि दैनिक जिवन जिउन क्रमश कठिन र जटिल बन्दै जान्छ । तसर्थ यि प्रभाव, असर अनुको लागि वन डढेलो नियन्त्रण गर्नुपर्ने जिम्मेवारीबाट हामीलाई पन्छिने नैतिक अधिकार छैन । तसर्थ प्राय वन डढेलो २ प्रकारले लाग्ने गरेको देखिन्छ । एक : प्राकृतिक कारण हो । यसमा चट्याङ परेर, हावाहुरीका कारण रुख रुख बिच घस्रण भएर, चट्टानहरु ठोकिएर, ज्वालामुखि विस्फोट भएर लगायतका कारणबाट वन डढेलो लाग्न सक्छ तर यो धेरै नगन्य मात्रामा मात्र हुन्छ । दोस्रो : कृत्रिम कारण हो । जुन मानविय कारणले डढेलो लाग्छ ।

क) प्रतिशोध तथा रिसइविका कारण : व्यक्ति समूह बिच विभिन्न प्रतिशोधका कारण आगो लगाईदिने गरेको पाइन्छ । आप्mनो वनमा आगो नियन्त्रण गर्न नसकेपछि अर्कोकोमा पनि लगाईदिने, राजनिति प्रतिशोध, लगायतका विषयले डढेलोलाई प्रश्रय दिने गरेको पाइन्छ ।

ख) हरियो घाँसका कारण :  वनमा आगो लगाएपछि हरियो सिरु घाँस पलाउने हुन्छ । त्यसको लागि चरिचरण गर्न सजिलो हुने, घाँस काट्न पाइने र जङ्गलमा आगो लागेपछि घास आउछ र जङ्गली जनावर जङ्गलमा चरन पानउे भएपछि वस्तिमा आउदैन बस्तिमा जनावर नआएपछि मानव र वन्यजन्तु बिचको द्वन्द कम हुन्छ भने सोचाईको कारणले पनि वन डढेलो लाग्ने गरेको पाइन्छ ।

ग) आगो जन्य वस्तु, सलाई, लाइटरको प्रयोगका कारण : चुरोट, बिडि, गाँजा खाने व्यक्तिहरुले चुरोट, बिडि, गाँजा खाएर आगो ननिभाईकन छाडिने प्रवृत्तिले पनि सुख्खायाममा डढेलोको प्रकोप बढदै जान्छ भने अर्को तर्पm पिकनिक, वनभोज खाने, शिकार खेल्ने व्यक्ति समूहबाट आगो लाग्न पुग्छ । जङ्गलको बाटो भएर एउटा बस्तिबाट अर्को बस्तिमा हिड्ने पैदल यात्रीबाट वन डढेलो लागेको पाइन्छ अर्को तर्पm बसमा यात्रा गर्दा बस चालकले जङ्गल क्षेत्रमा दिसापिसाब गर्न बस रोक्दा पनि बसयात्रीबाट चुरोट, बिडि खाने व्यक्तिबाट आगो ननिभाई आगो छोड्दा पनि वन डढेलो लागेको देखिन्छ ।

घ) घाँस पातपतिङ्गर, फोहोर जलाउदा : घरको वरिपरी सरसफाई गरी निस्केको फोहोरलाई जलाउदा खेरी आगो अनियन्त्रित भई वन र घरमा समेत आगो लाग्न पुग्दछ । त्यस्तै गरी नगरपालिकाले फोहोर उठाउदै वन क्षेत्रमा फाल्दै गर्ने र फोहोरमा आगो लगाएर कर्मचारीले छोड्दा आगो वनतिर लाग्न पुगेको अवस्था छ ।

ङ) किरा फट्याङ्ग्रा र जनावरबाट बच्न  :  वनको नजिक घर बस्तिहरुले घर र बस्तिमा किरा, लामखुट्टे, किर्ना र जनावरले समेत दुःख दिने कारणले घर बस्ति नजिकको झाडी, काडा जलाएपछि टाढा, टाढा सम्म देख्न सकिने र सफा हुने भएकोले पनि समुदायले डढेलो लगाउने र उक्त डढेलो नियन्त्रण भन्दा बाहिर पुगेर वनमा ठुलो क्षति समेत गरेको छ ।

च) पर्यटकलाई जनावर देखाउन सजिलोको कारण : होटल, रिसोर्टको नजिक ठुला ठुला घाँसे मैदान वा काशघारी भएमा त्यहा आगो लगाएपछि गैडा, मृग लगायतका जनावर चर्न आउने र पर्यटकलाई होटलबाट नै देखाउन सजिलो हुने हुदा वन डढेलो लगाउने गरिन्छ प्राय यस्तो डढेलो नियन्त्रित हुन्छ तर हावा हुरीको पूर्वानुमान गर्न नसक्दा नियन्त्रण भन्दा बाहिर पनि जान सक्छ ।

छ) वन क्षेत्रमा ढलापडा सुख्खा खडा काठ, दाउरा अधिक भएमा : सामुदायिक वनका उपभोक्ताले वनको दिगो व्यवस्थापन नगर्ने, झाडी सफाई, वन सम्र्वद्धन र सदुपयोग कार्ययोजना अनुसार नगर्ने हो भने सामान्य सुकेको पातमा लागेको आगो काठ दाउरामा सल्केपछि निभाउनु निकै कठिन पर्छ । तसर्थ वन कार्यालयले पनि वन व्यवस्थापन क्यालेण्डर तयार गरी वन व्यवस्थापन डढेलो नियन्त्रण वृक्षरोपण, लेखापरिक्षण, साधारण सभा लगायतका विषयलाई निर्धारित समयमा सम्पन्न गर्न सहजिकरण गर्नुपर्दछ । वनक्षेत्रमा व्यापक ढलापडा काठलाई सम्पूर्ण निकाशीको प्रवन्ध गर्ने र कार्ययोजना भन्दा बढि कटान भए अर्को आर्थिक वर्षमा उपभोक्तामा वितरण गर्न र उपभोक्तामा बढि भएमा छिमेकी सामुदायिक वनका उपभोक्तालाई वितरण गर्न व्यवस्था मार्गदर्शन अनुसार गर्न सके जुनसुकै डढेलो लागे पनि उपभोक्ता आगो निभाउन अग्रसरता देखाउछन । अहिलेको अवस्थामा त त्यो समूहमा बढि भएको काठ टेण्डर गरेर बाहिर बेच्छन हाम्रा उपभोक्तालाई दिदैनन हामी त्यो समूहको आगो निभाउन किन जाने भनेर चासो समेत नलिने अवस्था सृजना भएको छ ।

ज) स्रोत र साधनको अभाव : स्थानिय उपभोक्तासँग आगो नियन्त्रण गर्ने स्रोत, साधन, क्षमता, दक्ष जनशक्तिको अभाव छ । डढेलो नियन्त्रण गर्न जाने समुदायलाई आगोले झ्याप्प नटिप्ने खालको पोशाक छैन ठुटा काठ, दाउरामा लागेको आगो निभाउन पानीको प्रयाप्तता छैन । अरु त के खाने पानी सम्म नपाएर तिर्खा लागेर फर्कनु पर्ने बाध्यता छ । आगोबाट अङ्गभंङ्ग हुँदा मृत्यु हुँदा कपडा च्यात्तिदा कुनै सहानुभुति पुर्वकको व्यवस्था कानुनि रुपमा छैन जति छ त्यो अप्रयाप्त देखिन्छ ।

झ) जनचेतनाको अभाव : मानिस र वन जङ्गलको सम्वन्ध नङ र मासुको छ । यसलाई अलग्याउन सकिदैन । हाम्रो जिवन जन्म देखि मृत्यु सम्म वनसँग अनुन्याश्रित छ भन्ने विषयलाई वास्तविक उपभोक्ता कहाँ जनचेतना पुर्याउनै सकिएको छैन । बजार क्षेत्र, राजमार्गको दायाबायाका होटल र समूहका कार्यालयमा वन कार्यालयहरुमा वन पैदावरको प्राथमिकतामा नपर्ने वर्ग समुदायको बिचमा छलफल हुन्छ । योजना बन्छ तर दैनिक स्याउला सोत्तर, घाँस, दाउरा मेलापात गर्ने निमेक ज्याला मजदुरी गर्ने वर्ग यो अवसरबाट ओझेलमा पर्दछन । यि वर्गलाई सहभागी गराउने हो भने उनिहरुको भरे चुलो बल्दैन भनेर उनिहरुको समस्याको कारण यो महत्वपूर्ण सवालबाट पाखा पारिन्छ । तसर्थ जसको सवाल हो उसको नेतृत्व खै ? भन्ने प्रश्न अनुत्तरित नै छ ।
ञ) वनक्षेत्र विकट भिरालो ः वन डढेलो लाग्ने प्राय सुख्खायाम चैत देखि जेठ महिना सम्म हुन्छ यो समय अत्यन्तै गर्मी हुने, वर्षा नहुने भए पनि अत्यन्तै कम हुने हावाहुरीको समय वन डढेलो लाग्ने विकट भिरालो सुख्खा पहाडमा त्यस्तो ठाउमा जान दैनिक त्यहि भुभागमा हिड्ने वर्ग समुदायलाई कठिन पर्ने हुन्छ भने सुविधा सम्पन्न वर्ग समुदाय, विद्यार्थीहरु त्यहा गएर अडिएर अग्निरेखा बनाएर विपरित दिशामा आगो (एन्टीफाएर) लगाएर फर्कनको लागि त्यति सजिलो छैन । तसर्थ नेपालको वनक्षेत्रको अधिकाशं भुभाग विकट भएकोले वनडढेलोमा स्थानिय समुदायले मात्र नसक्ने भएर शिवपुरी राष्ट्रिय निकुञ्जमा नेपाल सरकारले हेलिकप्टर प्रयोग गरेको थियो । अब यो अवस्था नेपालमा पहाडी विकट र स्थानिय समुदायको पहुँच भन्दा बाहिर डढेलो पुगेमा नेपाल सरकारले सक्रियता बढाउनु पर्ने देखिन्छ ।

ट) वन पैदावर वितरण र स्रोत वाडफाडमा अन्याय : वनक्षेत्रका गरिब विपन्न वर्गले हालको सामुदायिक वनको वन पैदावर किनेर उपयोग गर्न नसक्ने अवस्थाको सिर्जना भएको छ । वन पैदावर वितरण सम्पन्नता स्तरिकरणको आधारमा भए पनि हाल विपन्न वर्गको काठको मुल्य सरदर एक हजार देखि एक हजार छ सय सम्म प्रति क्युफिट छ । त्यो वर्गले यो मुल्यमा काठ किनेर घर बनाउने अवस्था नै छैन । उनीहरुले काठ किन्न नसक्नेहरु निकै थोरै संख्यामा हुन्छन उनीहरुको आवाज साधारण सभा, गोष्ठीमा कसले उठाउने, उनीहरुको सहभागीता नै गराइन्न । अर्को सरकारी कर्मचारीले नै न्युनतम मुल्य आपूर्तिको जति राख्नु पर्दछ त्यो भन्दा कम राख्न पाइदैन भनेर समुहलाई दवाब दिइन्छ र समुह बाध्य हुन्छ । अब त्यो वर्ग वन डढेलो नियन्त्रणमा कसरी सहभागीता हुन्छ ? अर्को वैज्ञानिक वन व्यवस्थापन भएको समूहमा बिना हात हतियार झिजामिजा संकलन गर्न विपन्न उपभोक्तालाई निःशुल्क प्रवेश गराई संकलन अनुमति दिदै आएकोमा दुई वर्ष देखि ठप्प भएको छ । अब त्यो वर्ग कहाँ गएर दाउरा ल्याएर चुलो बाल्ने ? अब कसका लागि वन डढेलो नियन्त्रणमा त्यो वर्ग सहभागी हुने ? यो भयो वन पैदावर वितरणको केहि वर्षयताको कहालि लाग्दो अवस्था अब हेरौ वन पैदावर विक्रि गरी आएको आम्दानीको वाडफाड वनऐन २०७६ अनुसार गरिबि न्युनिकरण, वन उद्यम र महिला शसक्तिकरण कार्यक्रम सुन्य प्राय छन त्यो वर्ग नाममा हुने गोष्ठी, तालिममा त्यो वर्ग नै सहमागी छैन । जिविकोपार्जन सुधार योजना बिना नै रकम बाटोघाटो, मठमन्दिर आदी ठाउमा समावेश गरी गरिबि न्यूनिकरणको कार्यक्रम भनेर लक्षित वर्गलाई भन्ने गरिएको छ । त्यसकारणले वन संरक्षणमा सहभागिता त्यो वर्गको सहभागिता न्यून हुदै गएको छ । अझ सम्पन्न वर्गमा पर्ने व्यक्तिले विपन्न वर्गको नाममा काठ किन्ने प्रवृत्तिले समुहमा रकम कम देखिने र विपन्नको नामको काठ समूहमा स्टक पनि नहुनुले विपन्न वर्गको नाममा अबमुल्यन भई रहदा डढेलो नियन्त्रणमा सहभागी हुने नामावली हेर्दा अत्यन्तै न्युन भएको देखिन्छ । तसर्थ यस विषयमा सम्वन्धीत सरकारी निकायले समयमै ध्यान नदिने हो भने लक्षित वर्गको सहभागिता बिना वन डढेलो नियन्त्रण हुन नसकिने देखिन्छ ।

ठ) सरकारी वन क्षेत्रमा वन डढेलो व्यापक : नेपालमा वन विकास गुरु योजनाले जम्मा वन क्षेत्रको ६१ प्रतिशत भुभाग सामुदायिक वनको रुपमा हस्तान्तरण गर्न सकिने भने पनि हाल सम्म जम्मा ३३ प्रतिशत मात्र भुभाग सामुदायिक वनका उपभोक्ताले पाएको हुनाले बढि ठुलो हिस्सा सरकारी नियन्त्रणमै छ । उक्त कारणले गर्दा ठुलो वन क्षेत्र सरकारी जिम्मामा हुने भएकोले डढेलो पनि सो क्षेत्रमै व्यापक छ । सेना प्रहरी, प्रयाप्त स्रोत साधनका बिच पनि सरकारद्वारा व्यवस्थित वनमा पनि, निकुञ्ज र आरक्षणमा वन डढेलो लाग्नु चिन्ताको विषय बन्न पुगेको छ । सामुदायिक वनमा त उपभोक्ताले व्यापक गस्ती गरेका छन । अग्नि नियन्त्रण पूर्वतयारीका लागि अग्निरेखा निर्माण, गर्मियाम अवधिका लागि बन हेरालु थप गरिएको छ । वन प्रवेशमा रोक लगाइएको छ । तर सरकारी वनमा लागेको आगोले सामुदायिक वनलाई समेत असर पुर्याउने गरेको छ । सरकारी स्रोत साधन पनि सरदरमुकाम वरिपरीका होटल, रेष्टुरेन्टमा गरिने जनचेतनाको कार्यक्रमले दुर्गम पहाडी विपन्न बस्तीलाई कहिल्यै छुन सकेन । अर्को तर्पm वैज्ञानिक वन व्यवस्थापन खारेज पछि वैज्ञानिक वन व्यवस्थापन लागु भएका समूहले कटान मुछान मात्र नभएर कटान गरेर घाटगद्दिमा थुपारिएका काठ वितरणको अनुमति समेत नेपाल सरकारबाट नपाउदा उपभोक्तालाई वन प्रतिको माया, संरक्षण प्रतिको चासो, जाँगरमा निराशा र पिडाको बोध हुन पुगेको छ । तर सरकार जिम्मेवार भएर समस्या समाधान गर्ने तिर अग्रसर देखिदैन । वन क्षेत्रमा ढलापडा काठ दाउरा धेरै भएर आगो नियन्त्रणमा समस्या छ । अर्को तिर उपभोक्ता काठ, दाउराको अभावमा सामुदायिक वन प्रति असन्तिुष्टी छ । सरकारको ठुलो राजश्व त्यसै खेर गएको छ । घाटगद्दिको काठ समेत आगलागि भएको अवस्थामा सरकारी प्रतिनिधि टुलुटुलु उक्त दृश्य हेरेर बसेको अवस्था छ । यो खालको कार्यशैलीले नेपालको सामुदायिक वन अन्तराष्ट्रिय रुपमा प्राप्त गरेको उपलब्धी पनि एकादेशको कथामा भन्ने कथनमा परिणत नहोला भन्न सकिदैन ।

(लेखक : सामुदायिक वन उपभोक्ता महासंघ, नवलपुरका जिल्ला अध्यक्ष हुन्)

No Comments, Be The First!

Your email address will not be published.