६ सय वरपिपल सहित ११ सय बिरुवा रोपियो

संखुवासभा। सामुदायिक वन उपभोक्ता महासंघ संखुवासभाको समन्वयमा ६ सय वर-पिपलसहित जिल्लामा ११ सयभन्दा धेरै बिरुवा रोपिएको छ ।

विश्व खडेरी विरुद्धको संघर्ष दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला, स्थानीय गाऊ तथा नगर महासंघहरुको समन्वय र ३ सयभन्दा बढी समुदायिक वन उपभोक्ता समुहरुको आयोजनामा अक्सिजन तथा धर्म संस्कृति र परम्पराको रुपमा समेत अत्यन्तै महत्वपुर्ण मानिने वर पिपलका ६०० भन्दा बढी विरुवा रोपिएको हो ।

यसैगरी गुँरास,चाप स्वामी लगायतका महत्वपुर्ण प्रजातिका थप ५०० गरी जम्मा ११०० विरुवा रोपिएको हो ।

जिल्ला महासंघका अध्यक्ष लक्ष्मी चापागाइको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्य समिति सदस्य तथा जिल्ला इन्चार्ज बद्रि सापकोटा, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यको आतिथ्यतामा आयोजित वृक्षरोपण कार्यक्रममा समुदायको उत्साहजनक सहभागिता थियो ।

तिब्र गतिमा भएको प्रकृति दोहन र अत्याधुनिक प्रविधिहरुमा मानवीय संलग्नताले अतिवृस्टि,अनावृष्टि,बाढी पहिरो,लगायत विभिन्न विपत भोग्नु परेको भन्दै सरोकारवालाहरूले प्रकृतिको संरक्षण, धर्म परम्परा र अक्सिजनका हिसावले पनि वर पिपल रोप्नुपर्ने बताएका थिए ।

No Comments, Be The First!

Your email address will not be published.