कोभिडमा फेकोफन: आईसोलेसन, राहत, अक्सिजनदेखि मृतकको अन्त्येष्टीमा स्थान र दाउराको सहयोगमा सक्रिय

काठमाण्डोैं । सामुदायिक वन उपभोक्ता महासंघले कोरोना माहामारी नियन्त्रणमा सहयोगका लागि देशैभर आफ्ना संयन्त्र परिचालन गरेको छ । देशभर रहेका १४ सयभन्दा बढी सामुदायिक भवन परिचालन गरेको महासंघले आफ्ना उपभोक्ता समुहहरू मार्फत महामारीको यो बेलामा क्वारेन्टिन, आईसोलेसन, राहत उपलव्ध गराई रहेको छ ।

यसैगरी महामारीबाट निधन भएका व्यक्तिको शव व्यवस्थापनका लागि वन क्षेत्रमा स्थान र आवश्यक दाउरा समेत उपलब्ध गराउने जस्तो अत्यन्तै महत्वपुर्ण काम गरेको छ । महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले फेरि एक अपिल जारी गरी कोभिडबाट सुरक्षित रहंदै विपतमा सकृय रहन देशभरको सामुदायिक वन उपभोक्ता समुह र महासंघका संरुचनाहरुलाई आग्रह गर्नुभएको छ ।

अपिलमा भनिएको छ : “सामुदायिक वन उपभोक्ता महासंघ नेपाल यस्तो साझा संगठन हो, जो विपतको वेला देशभरीको संरचना परिचालन गरी महत्वपूर्ण भूमिका खेल्न तयार रहन्छ। अहिले कोभिड महामारीको दोस्रो लहरले देश आक्रान्त भइरहेको यो समय पनि प्राकृतिक श्रोतमा काम गर्ने समुदायको प्रतिनिधिमुलक छाता संगठन महासंघले नेतृत्वदायी भूमिका खेल्दछ ।”

अध्यक्ष पाठकले उपभोक्ता समुह र वन अभियानकर्मीहरूले आफु सुरक्षित रहंदै ग्रामीण तहमा सचेतना अभियान, खाद्यान्न सहयोग स्वास्थ्य सामाग्री र अक्सिजन सहितको सहयोग जुटाउने काममा महासंघले समन्वय गरिरहेको जानकारी दिनुभयो । उहाँले यो विषम परिस्थिातिमा उपभोक्तालाइ आत्मवल बलियो बनाइ अभियानमा जुटन आह्वना समेत गर्नुभएको छ ।

देशभरका सामुदायिक वन उपभोक्ता समुहहरुलाइ संगठित भइ महामारीका बेला ज्यान गुमाएकाहरूको दाहसंस्कारलाइ दाउरा उपलब्ध गराउने र शव व्यवस्थापनलाइ स्थानहरु उपलब्ध गराउने कार्यमा समन्वय र सहकार्य गरी अगाडि बढ्न अनुरोध गर्नु भएको छ ।

सामुदायिक वनको भवनहरु आवश्यकता अनुसार स्थानिय सरकार र प्रशासनसंग सहकार्य गरी आइसोलेसनको लागि सहयोग गरी सेवा पुर्याउन पनि उहाँले पुनस् अनुरोध गर्नु भएको छ । अध्यक्ष पाठकले महामारीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समुह, नागरिक समाज, स्वयंसेवक सबैमा उच्च सम्म्मान सहित आभार समेत प्रकट गर्नु भएको छ।

No Comments, Be The First!

Your email address will not be published.